नियम
श्रमिकलाई अन्य निकाय वा समयमा काममा लगाउन सकिने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले ऐनको दफा १५ बमोजिम जगेडामा राखेको कुनै श्रमिकलार्इ सो अवधिमा सोही प्रतिष्ठानको अन्य विभाग, एकाइ वा प्रतिष्ठान मातहतको अन्य निकायमा काममा लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम काममा लगाइएको श्रमिकलार्इ निजको स्वीकृति बिना निजले गरी आएसरहको कामभन्दा न्यूनस्तरको काममा लगाउन वा निजले खाइपाइ आएको भन्दा कम पारिश्रमिक तथा सुविधा पाउने गरी काममा लगाउन पाइने छैन।
(३) ऐनको दफा १५ को उपदफा (१) मा उल्लिखित कारण बाहेक अन्य कुनै मनासिब कारणबाट प्रतिष्ठान सञ्चालन हुन नसकेमा रोजगारदाताले त्यसरी प्रतिष्ठान सञ्चालन हुन नसकेको दिन वा समयको सट्टा अन्य कुनै दिन वा समयमा श्रमिकलार्इ काममा लगाउन सक्नेछ।
(४) यस नियम बमोजिम अन्य निकाय वा समयमा श्रमिकलार्इ काममा लगाउँदा ऐनको दफा २८ विपरीत नहुने गरी लगाउनु पर्नेछ ।
(५) रोजगारदाताले ऐन वा यस नियमावली बमोजिम श्रमिकलार्इ जगेडामा राख्दा श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाइएका श्रमिकलार्इ समेत जगेडामा राख्न सक्नेछ। यसरी जगेडामा राखिएको सूचना प्रतिष्ठानले सम्बन्धित श्रमिक आपूर्तिकर्तालार्इ दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम जगेडामा रहेको श्रमिकले सम्बन्धित रोजगारदाताबाट ऐन तथा यस नियमावली बमोजिमको पारिश्रमिक तथा सुविधा प्राप्त गर्नेछ।